• शनिबार, भाद्र २० २०८३

गण्डकीमा कोरोना संक्रमितको संख्या ३४ सय नाघ्यो


शनिबार, असोज ३ २०७७
815
Shares

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय नाघेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान दुई पटक उपलब्ध गराएको अध्यावधिक विवरणअनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ४०२ पुगेको हो।

शनिबार बिहानमात्रै गण्डकीमा ६६ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार शनिबार थपिएका कोरोना संक्रमितमा नवलपरासी पूर्वका ४५, कास्कीका १३, तनहुँका ३, पर्वतका २, स्याङ्जाका २ र लमजुङका १ जना रहेका छन्।

संक्रमितमध्ये १ जना पोखरा विश्वविद्यालयमा कार्यरत चिकित्सक, एक जना नेपाली सेनामा र अर्की एक जना स्वास्थ्य स्वयंसेविका रहेको निर्देशक शर्माले जानकारी दिए।

अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको र उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार