• बिहिबार, साउन १४ २०८३

आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध


शनिबार, असोज ३ २०७७
1.2K
Shares

काठमाण्डौ । अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।

त्यहाँको वाणिज्य मन्त्रालयका अनुसार आउँदो २४ घण्टामा यी दुवै एप यूएस एप स्टोरबाट हटाउने र त्यसपछि यसलाई डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा टिकटक र विच्याट प्रतिबन्धित हुने बताएका छन् ।

ट्रम्प प्रशासनले टिकटक तथा विच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार