काठमाडौं – संसारकै अग्लो भवन बुर्ज खालिफामा आज नेपाली झण्डा फहराउने भएको छ ।
नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली समयअनुसार आज साँझ ९ बजेर ४५ मिनेटमा संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराउन लागेको नेपाली दूतावास आवुधाबीले जनाएको छ ।
यूएई सरकारले गएको वर्ष जस्तै यस पटक पनि बुर्ज खालिफामा नि:शुल्क नेपाली झण्डा फहराउन लागेको हो।
संसारको अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान बढ्ने र नेपाल पर्यटन वर्षलाई समेत सहयोग पुग्ने धेरैको बुझाई छ ।
त्यस्तै आवुधाबीमा नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालयको भवनमा समेत नेपाली झण्डा फहराउने भएको छ । गएको वर्ष पनि यस भवनको ७५ औ तल्लामा झण्डा फहराइएको थियो । यस पटक पनि यस भवनमा नेपाली झण्डा फहराइने नेपाली दूतावासले जनाएको छ ।