• बिहिबार, साउन १४ २०८३

गोरखाका ३ कर्मचारीलाई प्रवल जनसेवा श्री पदक, राष्ट्रपतिबाट विभुषित हुने


शनिबार, असोज ३ २०७७
1.2K
Shares

गोरखा । उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै गोरखाका बिभिन्न कार्यालयका ३ कर्मचारी राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित हुने भएका छन् ।

संविधान दिवशका अवसरमा शनिबार प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुने गोरखाका तिन कर्मचारीको नाम घोषणा भएको हाे ।

जसमा सहायक प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्री र कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख मनिता थापा प्रवल जनसेवा श्री (चर्तुथ) पदकबाट बिभुषित हुने जानकारी आएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्निसियन निरिक्षक नारायण बाबु अर्याल प्रवल जनसेवा श्री (पञ्चम) पदकबाट विभुषित हुने भएका छन् ।

असारअघि नै जिल्लाबाट ४ जना उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीको नाम सिफारिस गरिएको थियो । जसमा तत्कालिन गोरखा प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारी समेत थिए ।

उनि हाल चितवन स्थित प्रहरी तालिम केन्द्रमा सरुवा भएका छन् । गोरखाबाट सिफारिस भएका एसपी अधिकारीलाई समेत प्रवल जनसेवा श्री (चर्तुथ) पदकबाट विभुषित गरिने भएको छ ।

ओम प्रसाद अधिकारी, एसपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार