• बिहिबार, साउन १४ २०८३

१३ औं संस्करणको आईपीएल आजदेखि, पहिलो खेलमा मुम्बई र चेन्नई खेल्दै


शनिबार, असोज ३ २०७७
910
Shares

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ ।

यूएईको आबुधाबीमा पहिलो खेल हुनेछ । जसमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीचको खेल हुनेछ ।

खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ ।

गएको सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई हराएको थियो । मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छ ।

खेल दर्शकबिनाको रङ्गशालामा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार