• सोमबार, साउन ११ २०८३

गोरखामा ६ हजार बढिकाे काेराेना परिक्षण गरियाे, रिपाेर्टकाे अवस्था कस्ताे छ ?


शनिबार, असोज ३ २०७७
810
Shares

गोरखा । गोरखामा हालसम्म ६ हजार २० जनाको पिसिआर परीक्षण गरिएकाे छ । जसमा २ सय २७ जनालाई कोरोना पोजेटिभ देखिएका छन । संक्रमित भएका मध्ये हालसम्म १ सय ६१ जना कोरोनामुक्त भइसकेका छन। धार्चे र चुमनुब्री गाउँपालिका बाहेक ९ वटा स्थानीय तहका १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु आइसोलशनमा बसेर घर फर्किएका हुन् ।

शुक्रबार साँझसम्म जिल्लामा २ सय २७ जना कोरोना पोजेटिभ भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । कोरोनाका कारण गोरखामा नै २ जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न आइसोलेशनमा ६४ जना संक्रिय संक्रमति रहेको प्रशासनले जनाएको छ ।

ती मध्ये ३६ जना आइसोलेशन र बाँकी होमआइसोलेशनमा उपचार गराईरहेको बताइएको छ । जिल्लामा आइसोलेशन बेडको संख्यामा भने १०८ छ ।

परीक्षण गराएका मध्ये ५ हजार ७९३ जनाको रिर्पोट नगेटिभ आएको छ । गोरखा स्थायी घर भई देशका बिभिन्न ठाउँमा बस्ने र उपचारका लागि अन्यत्र पुगेकाहरुको तथ्याङ्क हेर्ने हो भने ५ जना भन्दा बढिको मृत्यु भएको देखिन्छ । गोरखाका स्थानीय व्यक्ति तर अन्य जिल्लामा यात्रा वा उपचारका क्रममा जाँदा २१ जना संक्रमति भएको र ५ जनाको मृत्युको प्रशासनले जनाएको छ ।

जिल्लामा अहिले ९२ वटा क्वारेन्टिन छन् । त्यहाँ कुल १ हजार ७७५ बेड राखिएको छ । कोरोनाको बढि जोखिम भएको स्थानबाट आएका सर्वसाधरणलाई राख्न जिल्लाका ११ वटै स्थानीय तहले क्वारेन्टिनहरु बनाएका हुन् । जिल्लामा हालसम्म १ हजार ९४५ जना क्वारेन्टिनमा बसेका छन् । ती मध्ये १ हजार ८७५ जना क्वारेन्टिनबाट घर फर्किका छन् ।

अहिले पनि ६९ जना क्वारेन्टिनमा रहेको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । क्वारेन्टिनमा बसेकाहरुमा गरिएको पिसिआर परिक्षणमा पोजेटिभ रिर्पोट आएकाहरुलाई आइसोशलन पठाउने गरिन्छ भने नगेटिभ आएकाहरुलाई सिधै घर पठाइन्छ । अहिलेसम्म ३०४ जनाको भने रिर्पोट आउन बाँकी देखिन्छ ।

अशोज १ गते देखि जिल्लाका यातायात, व्यापार, व्यवसाय सबै सञ्चालनमा आएसँगै जोखिम बढेर गएको छ । निषेधआज्ञा खुलेपनि जरुरी काम बाहेक बाहिर ननिस्कन विज्ञहरुले सुझाव दिइरहेका छन् । निस्कनै परे स्वास्थ्य, स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार