एक जना महिला पत्रकार शुक्रवार दिउँसो जंगलमा मृत अवस्थामा भेटिएकी छन्।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–४ घर भएकी २४ वर्षीय निर्मला पहराई जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलाली डिएसपी प्रतिक बिष्टले बताए।
उनका अनुसार पत्रकार पहराई घोडाघोडी नगरपालिका–५ को फुलबारी सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ भने प्रहरी टोलीले घटना बारे अनुसन्धान गरिरहेको डिएसपी बिष्टले बताए ।
घोडाघोडी नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत पहराई भाद्र ३१ गतेदेखि घरबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।