• बिहिबार, साउन १४ २०८३

शुक्रबार कोरोनाबाट थप ७ जनाको मृत्यु


शुक्रबार, असोज २ २०७७
555
Shares


काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप ७ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा २ जना महिला र ५ जना पुरुष रहेको बताए ।

उनका अनुसार मृतक महिलामा काठमाडौंकी ८५ वर्षीया र ललितपुरकी ६६ वर्षीया रहेका छन् ।

मोरङका ६६ वर्षीय, काठमाडौँका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।

मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३सय ९० पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये मृत्यु हुने ०.६३ प्रतिशत रहेको छ ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८ सय ७१ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार