Modern metal handcuffs. Vector illustration in flat style
काठमाडौं । प्रहरीले नियन्त्रणमा लिएका ४ जना आरोपी हत्कडीसहित फरार भएका छन् ।
महानगरीय प्रहरी वृत कालिमाटीले गएराती सोधपुछका लागि ल्याएका ४ जना आरोपी भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।
प्रहरी घेरा तोडेर हत्कडी सहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल छन् ।
चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । हत्कडी लगाएरै थुनुवा कसरी भागे भन्नेबारे शंका उब्जिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।