• बिहिबार, साउन १४ २०८३

प्याजमा कालोबजारी गर्ने ब्यापारी पक्राउ


शुक्रबार, असोज २ २०७७
595
Shares


काठमाडौं । भारतबाट प्याज आउन छाडे पछि नेपालमा यसको कालोबजारी बढ्दो क्रममा रहेको छ । पयाजको कालोबजारी गरेको आरोपमा बाराको कलैया उप–महानगरपालिका–१ स्थित खुसी स्टोरका सञ्चालक चन्दन साहलाई प्रहरीले पक्रेको छ ।

खरिद मूल्यभन्दा दोब्बरमा बिक्री गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले बताए ।

प्याजको कृतिम अभाव देखाएर साहले ४३ रुपैयाँमा खरिद गरको प्याज ८० रुपैयाँमा बेचेका थिए ।

बिहिबार पक्राउ गरिएका उनलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन–०३२ अनुसार ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए ।

साह प्याजका होलसेल विक्रेता हुन । खुसी स्टोरमा लुकाएर राखेको ४ सय ५८ केजी प्याज प्रहरीले बरामद गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार