चितवन । कोरोना सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचारत सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको अस्पतालका निर्देशक प्राडा दयाराम लम्साल बताए ।
अस्पतालद्वारा जारी सूचनामा मिर्गौलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।