• सोमबार, साउन ११ २०८३

भारतमा एकैदिन थपिए ९६ हजार भन्दा बढी सङ्क्रमित


शुक्रबार, असोज २ २०७७
970
Shares


काठमाडौँ । भारतले कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्यामा फेरी नयाँ रेकर्ड कायम गरेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४ सय २४ जना सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १ सय ७४ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १७ हजार ७ सय ५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख १४ हजार ६ सय ७८ जना सङ्क्रमित भएका हुन् । ती मध्ये ४१ लाख १२ हजार ५ सय ५२ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । –एएनआई

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार