चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनको रिर्पोट पाँच दिन पछि पोजेटिभ आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो ।
उनको स्वावस्थ्य अवस्था भने सामान्य रहेको र हाल घरकै आइसोलेसनमा बसिरहेका छन् । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको बताएका छन् ।