• बुधबार, साउन १३ २०८३

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा


शुक्रबार, असोज २ २०७७
735
Shares

चितवन । बिहानैदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको थियो । चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसेको छ ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दैनिकजसो अबरुद्ध हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार