• बुधबार, साउन १३ २०८३

मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने


शुक्रबार, असोज २ २०७७
995
Shares

काठमाडौं । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् ।

इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब नाम ट्रेडमार्क रुपमा राख्न पाउने भएका हुन् ।

स्पानिस क्लब बार्सिलोनाका स्टार मेसीले सन् २०११ मा पहिलो पटक स्पोर्ट्सवेयर ब्राण्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए । तर मास्मीले उनीहरुको लोगो समान भएकाले यसले द्विविधा ल्याउने बताएको थियो ।

साइकल लुगा र सामग्रीहरु बेच्ने मास्मीले बार्सिलोनाका स्ट्राइकरको आवेदनलाई सुरुमा चुनौती दिएको थियो । तर लिओनल मेसीले जब साधारण कोर्टमा अपिल गरे र त्यसले मेसीको पक्षमा फैसला गर्‍यो त्यसपछि मास्सी हरायो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार