गोरखा । पछिल्लो समय युवा पुस्तामा निक्कै लोकप्रिय मानिएको भेस्पा र एप्रिलिया स्कुटरको शोरुम गोरखामै खुलेको छ । इटालियन ब्रान्ड पियाजियोको भेस्पा र अप्रिलियाका नयाँ र आकर्षक स्कुटर सहितको शोरुप गोरखा बजारको पेट्रोलपम्प नजिकै सञ्चालनमा आएको हो ।
गोरखामा यस ब्राण्डका स्कुटरको शोरुम निलभ अटो ट्रेडर्सले सञ्चालनमा ल्याएको हो ।
ट्रेडर्सले गोरखा बजारमा यसअघिदेखि नै रोयल इन्फिल्ड (बुलेट) का मोटरसाइकल समेत बिक्रि गर्दै आएको थियो । रोयल इन्फिल्डका मोटरसाइकलसंगै ट्रेडर्सले भेस्पा र एप्रिलियाका स्कुटरको शोरुम सञ्चालनमा ल्याएको कार्यकारी निर्देशक निरञ्जन कट्टेलले जानकारी दिए ।
भेस्पाका क्लासीक स्कुटरहरु नेपाली बजारमा निकै चर्चित रहेका छन् । त्यस्तै अप्रिलियाका स्टाईलीस बाइक तथा स्कुुटरहरु नेपाली बजारमा बाक्लै संख्यामा गुड्दै आएका छन् ।
१२५ देखि १५० सिसीसम्म क्षमताका स्कुटरको मुल्य समेत अन्यको तुलनामा महंगो नरहेको कट्टेलले बताए । ‘हेर्दा निक्कै आकर्षक देखिने यो स्कुटरको माग अहिले बजारमा निक्कै छ’ उनले भने ‘मुल्यपनि अरुको तुलनामा महंगो छैन ।’

कोभिड १९ को जोखिम र ग्राहकको सुविधालाई मध्यनजर गर्दै ट्रेडर्सले अनलाइनबाट पनि स्कूटर बुकिङ तथा डेलिभरी गर्न सकिने व्यवस्था गरेको जनाएको छ । भेस्पा स्कुटरको मुल्य २ लाख ६४ हजारदेखि ३ लाख ९५ हजारसम्म र एप्रिलियाको भने २ लाख ४४ हजारदेखि ३ लाख १३ हजारसम्म रहेको बताइएको छ ।
अपडेटेड भेस्पा भीएक्सएल १२५ र एसएक्सएल १२५ स्कुटरमा बीएस६ कम्प्लायन्ट १२५ सीसी एयर कुल्ड इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ७५०० आरपीएमको पावर र ५५०० आरपीएममा ९.६० एनएमको टर्क जेनेरेट गर्छ ।
बीएस ६ भीएक्सएल १५० र एसएक्सएल १५० मा १५० सीसीको इन्जिन समावेश गरेको छ । जसले ७६०० आरपीएममा १०.३३ बीएचपीको पावर र ५५०० आरपीएममा १०.६० एनएमको टर्क जेनेरेट गर्छ ।
बीएस६ कम्प्लायन्ट भेस्पा रेन्ज स्कुटरमा डेटाइम रनिङ लाइटको साथमा फुल एलईडी हेडल्याम्प, पेटल डिजाइन अलोय ह्वील, ट्वीन पिस्टन डिस्क ब्रेक, कम्बाइन्ड ब्रेकिङ सिस्टम र यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर रहेको छ ।
अपडेटेड अप्रिलिया स्टोर्म १२५ मा बीएस६ कम्प्लायन्ट १२५ सीसीको इन्जिन समावेश छ । जसले ९.७९ बीएचपीको पावर र ९.६० एनएमको टर्क जेनेरेट गर्छ । यसमा चौडा क्रस पेटर्न टायरको साथमा १२ इन्च अलोय ह्वील र सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश छ ।
हेर्नुस मुल्यसूची

