• बुधबार, साउन १३ २०८३

बिहीबार कोरोनाबाट थप चार जनाको मृत्यु


बिहिबार, असोज १ २०७७
1K
Shares

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ महिला र १ जना पुरुष रहेको बताए ।

मृतक महिलामा मोरङकी ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया रहेकी छिन् । त्यसैगरी काठमाडौँका ८७ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ३ सय ८३ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार