• सोमबार, साउन ११ २०८३

केन्द्रीय मन्त्री नितिन गड्करीलाई देखियो कोरोना


बिहिबार, असोज १ २०७७
720
Shares


भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

उनले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्।

उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन्।

“मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,” उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

उनले थप लेखेका छन्, “भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु।” रासस/एएनआई

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार