• शनिबार, भाद्र ६ २०८३

कोरोनाबाट थप एक पुरुषको मृत्यु


बिहिबार, असोज १ २०७७
650
Shares

पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।


जिल्लाको तानसेन नगरपालिका वडा नंं ७ का ५२ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो।

उच्च रक्तचाप र कलेजोको समस्या देखिएपछि भदौ २२ गते युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको समेत संक्रमण देखिएको अस्पतालले जनाएको छ।

उच्च रक्तचाप र कलेजोको समस्यासँगै कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियू भेन्टिलेटरको अभाव हुँदा बिरामीको मृत्यु भएको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार