काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड नाघेको छ । अहिलेसम्ममा संसारभर ३ करोड ४२ लाख ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सबैभन्दा धेरै अमेरिकामा ६८ लाख २८ हजार ३ सय १ जना संक्रमित भएका छन् । त्यस्तै भारतमा ५१ लाख १८ हजार २ सय ५३ जना, ब्राजिलमा ४४ लाख २१ हजार ६ सय ८६, रसियामा १० लाख ७९ हजार ५ सय १९ र पेरुमा ७ लाख ४४ हजार ४ सय जनामा संक्रमण देखिएको छ ।
त्यस्तै ज्यान गुमाउनेको संख्या पनि बढेर ९ लाख ४५ हजार १ सय ६६ पुगेको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २ लाख १ हजार ३ सय ४८ र ब्राजिलमा १ लाख ३४ हजार १ सय ७४ जनाको ज्यान गएको छ ।
भारतमा ८३ हजार २ सय ३० र मेक्सिकोमा ७१ हजार ९ सय ७८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।