• बुधबार, साउन १३ २०८३

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु


बिहिबार, असोज १ २०७७
640
Shares

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका— ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बुधबार राति करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको थियो । मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।

कोशी अस्पताल आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवका अनुसार ६६ वर्षीय पुरुषलाई गम्भीर अवस्थामा बुधबार राति ११ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएको करिब १ घण्टापछि मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार