विश्वभर कोरोना महामारीको दर दिन प्रतिदिन बढ्दो छ । तर टिनएजर्स अर्थात २० बर्ष मुनिको उमेर समुहमा यसको असर कम देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।
एक रिपोर्टका अनुसार विश्वभरमा २० बर्षभन्दा कम उमेर समुहमा कोरोना संक्रमणको प्रभाव १० प्रतिशतले कमी रहेको छ । अहिलेसम्म २० बर्षभन्दा कम उमेर समुहमा कोरोना संक्रमण शुन्य दशमलव २ प्रतिशत भन्दा कम रहेको छ ।
डब्ल्युएचओका डाइरेक्टर जनरल टेड्रस अधनोमले बच्चा र युवाहरुमा कोरोनाको संक्रमण र मृत्यु दरमा कमी आउनुको कारण बारे अनुशन्धानको आवश्यकता रहेको बताएका छन ।