• शुक्रबार, असोज १६ २०८३

पहिराेले मुग्लिन-नारायणगढ सडक अवरुद्ध


बिहिबार, असोज १ २०७७
670
Shares

मुग्लिन । पहिराेका कारण आजपनि मुग्लिन – नारायणगढ सडक अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका ६ चार किलो भन्ने ठाउँमा आज बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

प्रहरी चाैकी मुग्लिनका अनुसार अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। जसको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ।

पहिरोका कारण आवागमन रोकिादा बिहानैदेखि सयौँ सवारी साधन दुबैतर्फ लाम लागेका छन्। मंगलबार र बुधबार बिहान पनि यो सडक खण्डमा पहिरो खसेको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार