काठमाडौँ । फ्रान्सेली फुटबल संघले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई बुधबार दुई खेलमा प्रतिबन्ध लगाएको छ ।
फ्रेन्च लिग वानमा मार्सेविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए । खेलको अन्त्यमा सुरु भएको झगडामा उनीसँगै ५ खेलाडीले रातो कार्ड पाएका थिए ।
झगडाका क्रममा ब्राजिली खेलाडीले मार्सेका डिफेन्डर एलभारो गोन्जालेजलाई गालामा हानेका थिए र फुटबल संघले पूरा घटनाका छानबिन पनि गरिरहेको छ । नेयमारबिना बुधबार नै मैदानमा उत्रेको पीएसजीले लिगमा पहिलो जित निकाल्न सफल रह्यो । उसले मेट्जलाई १–० ले हरायो ।