• सोमबार, साउन ११ २०८३

कालिकोट भयो कोरोना संक्रमणमुक्त


बिहिबार, असोज १ २०७७
1.1K
Shares

कालिकोट कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ।

बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमण मुक्त जिल्ला बनेको हो।

कालिकोट जिल्लाभर १०० जनामा कोरोना संक्रमण देखिएको सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए।

कालिकोटमा हालसम्म ५ हजार ६ सय ९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र २ हजार ६ सय ६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकोमा १०० जनामा कोरोना संक्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये पचालझरना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा कोरोना संक्रमणका बिरामी भेटिएको महतले बताए।

कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० बेडको अस्पताल निर्माण भएको र कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ।(रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार