गोरखा । गोरखासहित गण्डकी प्रदेशमा शुक्रबार बिहान २३ जना कोरोना संक्रमित थपिएका छन् ।
आज गोरखामा थपिएका मध्ये अजिरकोट गाउँपालिका ३ का ३० वर्षिय महिला र बारपाक सुलिकोट गाउँपालिका ३ का ५३ वर्षिय पुरुषलाई रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै कास्कीमा ४ जना, बाग्लुङ ४ जना, नवलपुरमा १२ जना र तनहुँको आँबुखैरेनीमा १ जना रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १ पुगेको छ ।