• सोमबार, साउन ११ २०८३

निषेधाज्ञा हट्याे, जाेखिम हटेन (भाेलीबाट के खुल्ने, के नखुल्ने ?)


बुधबार, भाद्र ३१ २०७७
680
Shares

मेलिना बराम

गोरखा । काेराेना भाइरसकाे जाेखिमकै बिच लामाे समयदेखि जारी निषेधाज्ञा भाेली बिहिबारदेखि हट्ने भएकाे छ ।

बुधबार डिसिएमसी तथा कमाण्ड पोष्टको बैठकले गोरखा सदरमुकाम तथा जिल्लाका बिभिन्न ठाउँमा जारी निषेधाज्ञा बिहिबारदेखि हटाउने निर्णय गरेकाे हाे ।

असोज १ गतेदेखि लागु हुने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गर्ने गराउने गरी व्यापार, व्यवसाय, यातायात तथा अन्य सेवा सञ्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले बताए ।

उनका अनुसार व्युटिपार्लर, सैलुन, जिमखाना, फिल्महल र कबर्डहल लगायतका भीडभाड हुने तथा उच्च जाेखिम रहेका स्थलहरु भने खुल्न पाउने छैनन ।

त्यस्तै सीमा नाका कडाइमा भने निरन्तरता दिने निर्णय भएको राेकाले बताए ।

त्यसैगरी नीजि रातो प्लेटका सवारी साधनहरु पनि निर्वाध सञ्चालन हुने भएका छन् । सार्वजनिक सवारी साधन भने नेपाल सरकारको निर्णय अनुसार मात्र गर्ने निर्णय भएको सूचना अधिकारी रोकाले जनाए ।

सरकारी तथा गैरसरकारी कार्यालय, वैक वित्तीय संस्थामा हुने कार्यबोझ न्यूनिकरण गर्न समय तालिका मिलाई व्यवस्थापन गर्ने र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउनु पर्ने निर्णय भएको पनि उनले बताए ।

तर सेवाग्राही तथा सेवाप्रदायकहरुले अनिबार्य रुपमा मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नुपर्ने छ ।

उद्योग, कलकारखाना पनि आवश्यकता अनुसार सञ्चालन गर्न सकिने निर्णय भएको छ । सवारी, बजार, बै‌ंक लगायत खुलेपनि काेराेना भाइरसकाे जाेखिम भने झनै बढ्दै गएकाले सजग रहन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार