गोरखा । पर्यटन ब्यवशायी प्रेम कुमार खत्रीले गोरखाका स्थानीय तहलाई लाखाै बराबरकाे स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् ।
खत्रीले बुधवार गोरखाका ११ वटै स्थानीय तहलाई ४ हजार ८ सय थान कोरोना परीक्षण किट्स (भिटिएम) र १० हजार सर्जिकल मास्क सहयोग गरेका हुन ।
जस अनुसार गोरखा नगरपालिकालाई नौ सय थान, चुमनुब्रीलाई दुई सय, धार्चे तीन सय, आरुघाट पाँच सय, भिमसेन चार सय, शहिदलखन चार सय, गण्डकी पाँच सय, पालुङटार चार सय, सिरानचोक चार सय, बारपाक सुलिकोट चार सय र अजिरकोट गाउँपालिकालाई चार सय थान मास्क सहयोग गरिएको उनले बताए ।
साे सामाग्री बुधबार नेपाली काँग्रेस गाेरखाकाे पार्टी कार्यालयमा आयाेजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समिती गोरखाका प्रमुख अशाेक कुमार गुरुङ्गले स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई हस्तान्तरण गरेकाे काँग्रेस गाेरखाका सचिव नन्द प्रसाद न्याैपाने जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस गाेरखाका सभापति हरि बहादुर घलेकाे समेत उपस्थिती रहेकाे थियाे ।
लामो समय देखि पर्यटनको क्षेत्रमा काम गर्दै आएका खत्री नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । उनले यसअघि समेत जिल्लाका स्थानीय तहहरुलाई थर्मल गन, मास्क लगायतका सामाग्री सहयाेग गरेका थिए ।