• बुधबार, साउन १३ २०८३

सौरहाका होटल भोलिदेखि खुल्ने


बुधबार, भाद्र ३१ २०७७
660
Shares

चितवन – लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौरहाका होटल भोलि बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् ।

सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै सौरहाका व्यवसायीले सञचालनको तयारी थालेका हुन् ।

गएको चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि त्यही महिनाको २८ गतेदेखि फेरि बन्द भएका थिए ।

कर्मचारी बोलाएर होटलले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालिसकेको जानकारी प्राप्त भएको छ ।

सौराहामा एक सय १० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेस्टुरेन्ट छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार