• सोमबार, साउन ११ २०८३

१५ सय ३९ जना कोरोना संक्रमित थपिए, १ हजार ६८ निको भए


बुधबार, भाद्र ३१ २०७७
750
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४१ हजार ७०० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार