• बुधबार, साउन १३ २०८३

एटीएमबाट निस्किने पैसा डिसइन्फेक्सन गर्ने मेसिन आयो


बुधबार, भाद्र ३१ २०७७
1.1K
Shares

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटीएमबाट निस्किने पैसा (रुपैयाँको) नोट डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ।

खेम्स क्लिनिङ र र्‍यापिड सर्जिकलले उक्त मेसिन ल्याएको हो । बुधबार सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने उक्त कम्पनीको दावी छ।

उक्त मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्रीहरुपनि डिस इन्फेक्सन गर्न सकिने कम्पनीको भनाइ छ।

३० सेकेन्डदेखि ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने कम्पनिले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार