इंग्लिस लिग कपअन्तर्गत बर्नमाउथले क्रिस्टल प्यालेसमाथि रोमाञ्चक जित हात पारेको छ।
गयराति भएको खेलमा बर्नमाउथले प्यालेसमाथि पेनाल्टी सुटआउटमा ११/१० गोलको जित निकालेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो। जसमा दुवै टिमका गोलकिपर बाहेकका १०/१० जना खेलाडीले नै गोल गरेका गरेका थिए।
दुवै टिमका १०/१० खेलाडीले पेनाल्टीमा गोल गरेपछि गोलकिपरहरूले समेत पेनाल्टी प्रहार गरेका थिय ।
बर्थमाउथका गोलकिपर अस्मिर बेगोविचले पेनाल्टी प्रहार गरे पनि सफल हुन सकेनन्। उनको प्रहारलाई प्यालेसका गोलकिपर वायन हेनेसीले गोल हुनबाट रोकेका थिय। त्यसपछि प्यालेसका गोलकिपर हेनेसी पनि असफल भए। उनको प्रहार गोल पोष्टभन्दा बाहिर गइ आउट भएको थियो।
पेनाल्टी सुटआउटकै दोस्रो पटकको प्रहार गर्न आएका बर्नमाउथका डेभिड ब्रुकले गोल गर्दै आफ्नो टिमका लागि जित दिलायका थिए ।