काठमाडौं । नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघर मण्डला मा प्रदर्शन गरिरहेका समुहलाइ प्रहरीले लखेटेको छ ।
माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर लखेटेको हो ।
प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि हानिएको थियो ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ भएका छन् । तर उनलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडकमा र सामाजिक सञ्जालबाट ब्यापक जनदबाब बढेको छ ।