काठमाण्डौ – भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ८० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये ३९ लाखभन्दा धेरै निको भइसकेका छन् भने नौ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतमा अहिले कोरोनामुक्त हुने दर ७८ दशमलव ४२ प्रतिशत छ भने ज्यान गुमाउने दर १ दशमलव ६३ प्रतिशत रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो केही हप्तायता दैनिक ८० हजारदेखि ९० हजार जनासम्म सङ्क्रमित थपिइरहेका छन् ।
भारतमा जिमखाना खुल्ने क्रममा छ भने स्कुल, क्याम्पस र सिनेमा हल बन्द नै छन् ।