• बुधबार, साउन १३ २०८३

हिमाल चढ्न काठमाडौं आइपुगे बहराइनका राजकुमार


बुधबार, भाद्र ३१ २०७७
820
Shares

काठमाडौं बहराइनका राजकुमारसहितको टोली नेपालका दुई हिमाल आरोहणका सिलसिलामा काठमाडौं आइपुगेका छन् ।

राजकुमारसहितको टोली नेपालमा दुई महिना बस्ने छ । त्यसक्रममा टोली ले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन ।

शेख इशा एयरवेजबाट विशेष विमानमा बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो ।

बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो ।

उनीहरुसबैको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको छ । यो टोलीले नेपालमा रहँदा समेत सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार