• बुधबार, साउन १३ २०८३

लेदो झरेर नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध


बुधबार, भाद्र ३१ २०७७
790
Shares

पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।

निरन्तर वर्षाका कारण यस सडकखण्डको  चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ। पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए।

‘खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन’, तामाङले भने, ‘सुरू गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ।’

निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ।

(रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार