• बुधबार, साउन १३ २०८३

नेपालमा बिहानै ६ रेक्टरको भूकम्प, केन्द्रबिन्दु कहाँ ?


बुधबार, भाद्र ३१ २०७७
1K
Shares

भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ।

बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।

सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गरेका छन्।

‘बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ,’ उनले भने।

अमेरिकन जिओलोजिकल सर्भेले भने बुधबार गएको भूकम्प ५ दशमलव ३ रेक्टरस्केलको हो।

भूकम्पको केन्द्रबिन्दु कोदारी राजमार्गबाट ११ किलोमिटर उत्तरपश्चिममा रहेको सर्भेले जनाएको छ।

भूकम्पको धक्काले काठमाडौं उपत्यकालाई जोडले हल्लाएको छ। भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पछि मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार