गोरखा । गोरखामा १३ सहित बुधबार विहान गण्डकी प्रदेशमा ५० जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।
गोरखाको शहिद लखन, बारपाक सुलिकोट, भिमसेन थापा र गोरखा नगरपालिकामा गरी १३ जना सहित गण्की प्रदेशमा ५० जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।
थपिएमा मध्ये कास्की जिल्लामा २९, बाग्लुङमा ३ र तनह्ँमा ५ जना नयाँ संक्रमित थपिएका छन् ।
