• सोमबार, साउन ११ २०८३

गोरखाका चार पालिकामा थपिए १३ संक्रमित, हेर्नुस कहाँ कति ?


बुधबार, भाद्र ३१ २०७७
765
Shares

गोरखा । बुधबार बिहान गोरखामा १३ जना कोरोनाका संक्रमित थपिएका छन् । गोरखाका चार पालिकामा गरी सो संख्यामा संक्रमित थपिएका हुन ।

बुधबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा गोरखाको शहिद लखन, बारपाक सुलिकोट, भिमसेन थापा र गोरखा नगरपालिकामा गरी १३ जना संक्रमित थपिएको पुष्टि गरेको हो ।

जसमा शहिद लखन ३ मा २१ बर्षिया महिला छन । त्यस्तै सबैभन्दा बढी बारपाक सुलिकोटमा ८ जना संक्रमित थपिएका छन ।

थपिएका मध्ये वडा नम्मबर ७ मा १६, २२, ३५ र ३६ बर्षका पुरुष छन भने वडा नम्बर ३ मा २१ बर्षका पुरुष, ४ मा १८ बर्षका पुरुष, ६ का २४ बर्षका पुरुष । ८ का ३६ बर्षका पुरुष रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले सिभिलखबरलाई बताए ।

त्यस्तै थपिएका मध्ये भिमसेन थापा ७ का २४ र ३४ बर्षका पुरुष र गोरखा नगरपालिका ७ का २५ र ३८ बर्षका पुरुष रहेको शर्माले बताए । उनिहरु सबै कन्ट्याक्ट ट्रेसिङ्ग गरिएकाहरु रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार