• आइतबार, साउन ३१ २०८३

मंगलबार १४ सय ५९ जना कोरोना संक्रमित थपिए


मंगलबार, भाद्र ३० २०७७
705
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार ४५९ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको बताए।

आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १० हजार ३७५ पीसीआर परीक्षण भएसँगै नेपालमा पीसीआर परीक्षणको संख्या ८ लाख ६१ हजार ३६० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार