• आइतबार, साउन ३१ २०८३

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु


मंगलबार, भाद्र ३० २०७७
765
Shares

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

दुईमध्ये एक जनाको पोखरास्थित मणिपाल अस्पताल र अर्का एक जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडाँैमा मृत्यु भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका–७० वर्षीय पुरुषको सोमबार राति ११ बजेर २० मिनेटमा मणिपाल अस्पतालमा मृत्यु भएको हो। उनी यही भदौ २५ गते अस्पताल भर्ना भएका थिए भने २८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनी क्यान्सरको बिरामी समेत रहेको बताइएको छ।

त्यस्तै सोमबार गोरखाको बारपाक सुलिकोट–८ कि ६३ वर्षीया महिलाको वीरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान जानकारी दिएको छ।

ती महिलामा भदौ २५ गते कोरोना पुष्टि भएको थियो। उनी क्यान्सर रोगी समेत रहेकी थिइन्।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

यसैबीच मंगलबार दिउँसोसम्ममा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११७ पुगेको छ भने १ हजार ८ सय ९५ जना निको भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार