बारा – कम गुणस्तरको लोहा छड उत्पादन गरेको भेटिएपछि बाराको सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगलाई कारबाही भएको छ ।
गुणस्तर तथा नापतौल विभागले कारबाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ ।
विभागको प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड भेटिएपछि कारबाही गरेको छ ।
उत्पादित लोहा छडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको जानकारी प्राप्त भएको छ ।