• सोमबार, साउन ११ २०८३

भारतले दियो २००० भाइल रेमडेसिभिर


मंगलबार, भाद्र ३० २०७७
710
Shares

काठमाडौं । भारतले नेपाललाई २००० भाइल रेमडेसिभिर सहयोग प्रदान गरेको छ ।

भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मगलबार रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन् ।

यो औषधि अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिन्छ ।

कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई सहयोग गर्ने क्रममा यो औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार