गोरखा । गोरखाका एक सहित गण्डकी प्रदेशमा थप ४७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा गण्डकी प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखा, लमजुङ र मनाङका एकएक जनामा कोरोना देखिएको हो ।