काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा रहेका विद्यालयमा बिहीबारदेखि पढाइ सुरु हुने भएको छ ।
कोरोना भाइरसको महामारीको कारण लामो समयदेखि बन्द रहेका विद्यालय असोज एक गतेदेखि सञ्चालन गर्नेगरि गाउँपालिकाले निर्णय गरेको हो ।
स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरेर गाउँपालिकाभित्रका विद्यालयमा पठनपाठन संचालन गर्ने तयारि गरिएको हो ।
गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमित नभएपनि जोखिमको अवस्था रहेकाले उच्च सतर्कताका साथ पढाइ सुरु गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
हाल गाउँपालिकाभित्रका केही विद्यालयमा वैकल्पिक सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहेको छ ।