• शनिबार, भाद्र ६ २०८३

व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै सैलुन व्यवसायी सडकमा


मंगलबार, भाद्र ३० २०७७
745
Shares

काठमाडौं । सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।

मंगलबार बिहान ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गर्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।

साथै नाइ श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था गर्नुपर्ने, बैंकको ब्याजदर मिनाहा हुनुपर्ने, पसल तथा कोठा भाडा मिनाहा हुनुपर्ने, नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट दिनुपर्ने, नाई श्रमिकहरुको ५० लाख बराबरको जीवन बीमा गरिदिनुपर्नेलगायतका मागसमेत संघर्ष समितिले गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार