• शुक्रबार, असोज १६ २०८३

प्रिमियर लिग फुटबलमा चेल्सी र वल्भस विजयी


मंगलबार, भाद्र ३० २०७७
865
Shares

काठमाडौं । प्रिमियर लिग अन्तर्गत पछिल्लो खेलमा चेल्सी र वल्भस विजयी भएका छन् ।

गएराति भएको खेलमा चेल्सीले ब्राइटनलाई ३/१ ले पराजित गर्दै तीन अंक जोडेको हो । यस्तै सोमबार भएको खेलमा वल्भ्सले शेफिल्ड युनाइटेडलाई २/० ले पराजित गर्‍यो ।

२३औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए । ५४औं मिनेटमा लिणन्ड्रो ट्रासार्डले ब्राइटनका लागि बराबरी गोल फर्काए । तर त्यसको दुई मिनेटपछि नै रिस जेम्सले चेल्सीका लागि दोस्रो गोल गरे भने ६६औं मिनेटमा कोर्ट जुमाले चेल्सीको लागि तेस्रो गोल गरे ।

वल्भ्स खेलको सुरुवाती दश मिनेटभित्र नै दुई गोल गर्दै त्यसलाई कायम राखेको थियो ।तेस्रो मिनेटमा रहुल जिमिनेजले गोल गर्दै वल्भसलाई अग्रता दिलाए भने छैटौं मिनेटमा रोमन सेइसले गोल गर्दै वल्भसको अग्रता दोब्बर पारेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार