• बुधबार, साउन १३ २०८३

जन्मदिनमा वडाध्यक्ष श्रेष्ठले दिए मानवसेवा आश्रमलाई खाद्धान्न


सोमबार, भाद्र २९ २०७७
1K
Shares

गोरखा । आफ्नाे जन्मदिनका अवसरमा शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठले मानव सेवा आश्रमलाई खाद्धान्न सहयाेग गरेका छन ।

३२ बर्ष पूरा भई ३३ बर्षमा प्रवेश गरेकाे अवसरमा वडाध्यक्ष श्रेष्ठले गोरखा सदरमुकाममा रहेकाे आश्रमलाई अत्यावस्यक खाद्धान्न सहयाेग गरेका हुन ।

बिभिन्न कारणले अनाथ तथा असहाय भई आश्रमकाे संरक्षणमा बसेका बालबालिकाकाे पालन पोषणमा सहयाेग गर्ने उदेश्यले जन्मदिनकाे अवसरमा आफुले केहिदिनका लागि पुग्ने खाद्धान्न सहयाेग गरेकाे उनले बताए ।

उनले सोमबार बिहान आश्रममा पुगेर २ बोरा चामल, ५ केजी दाल, ५ दर्जन बिस्कुट, एक प्याक तेल, पाँच केजी चना र पाँच केजी नुन लगायतका सामाग्री सहयोग गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार