• सोमबार, साउन ११ २०८३

आज ११ सय ७० जनामा स‌क्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो


सोमबार, भाद्र २९ २०७७
630
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ।

प्रवक्ता गौतमका अनुसार देशभर संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन्।

आज थप १० हजार ८७८ पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार