• सोमबार, साउन ११ २०८३

३ हजार प्रहरीमा कोरोना संक्रमण, कुन प्रदेशमा कति ?


सोमबार, भाद्र २९ २०७७
810
Shares

काठमाडौं । प्रहरीमा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ । प्रहरीमा हालसम्म चार डीआईजीसहित ३ हजार ३० जनालाई कोरोना संक्रमण भएको हो । 

काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ९४६ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

उपचारपछि १३ सय प्रहरी डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १६४ र काठमाडौं उपत्यकाका ७८२ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १६९, प्रदेश २ मा १०३, वाग्मती प्रदेशमा १५९, गण्डकीमा ९१, प्रदेश ५ मा १३२, कर्णाली प्रदेशमा ४९ र सुदूरपश्चिम प्रदेशमा ८१ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार